Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – मकवानपुरको हेटौंडामा सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ।साबिक विजेता आर्मीले हेटौंडा-५ स्थित पिप्ले-क्याम्प रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोलअन्तरले पराजित गरेको हो। उपाधिसँगै आर्मीले १५ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको घरेलु टोली एफसी विजय युथले १० लाख रुपैयाँ पाएको छ।

एफसी विजय युथका कप्तान अशोक बराल उत्कृष्ट खेलाडी घोषित भए। उनले बुलेट बाइक पुरस्कार पाएका छन्। हेटौंडा स्कूल अफ म्यानेजमेन्टले बुलेट बाइक प्रायोजना गरेको हो। यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए। उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए। विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन्। प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो। मकवानपुरका १० वटै स्थानीय तहको लगानीमा प्रतियोगिता भएको हो।

तपाईको प्रतिक्रिया