Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – एएफसी एसियन कप छनोट चरणअन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

प्रतियोगिताका लागि विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले स्थान बनाएका छन् ।

प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेत भने टिममा स्थान बनाउन असफल भए । त्यस्तै, भरत खवासले टिममा स्थान बनाउन सकेनन् । चोटका कारण विक्रम लामा टिमबाहिर छन्। नेपालले मार्च २७ मा कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्दै छ । समूह चरणमा एक अंक जोडेको नेपाल पुछारमा रहेको छ ।

यो खेल नेपालको प्रतिष्ठाका लागि मात्रै रहे पनि अन्तर्राष्ट्रिय एक्सपोजको हिसाबले महत्त्वपूर्ण मानिएको छ । नेपालले सोमबारदेखि मात्रै पूर्ण प्रशिक्षण थालेको थियो । मोफसलका विभिन्न गोल्डकपका कारण प्रशिक्षण नियमित समयमा हुन सकेको थिएन । नेपाली टिमको प्रशिक्षण गत फागुन २० गतेबाट हुने तय भए पनि नियमित रूपमा प्रशिक्षण सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया