Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

बागलुङ -नेपाली क्रिकेट खेललाई बिश्व कपमा पुर्‍याउन सफल भएको भन्दै बागलुङ सदरमुकाममा खेलाडी करण केसीलाई सम्मान गरियो  ।
बागलुङ नगरपालिका कार्यालय र जिल्ला खेलकुद बिकास समिति बागलुङले संयुक्तरूपमा कार्यक्रम गरि बागलुङ नगरपालिका वडा नम्बर ८ निबासी क्रिकेट खेलाडी करण केसी लाई नगद  ५० हजार र प्रशंसा पत्र सहित बागलुङकाे लाेकतान्त्रिक चाेकमा नगर प्रमुख जनक राज पाैडेलले सम्मान गरेका थिए ।
क्रिकेट खेलमार्फत देशलाई बिश्वकपमा प्रबेश गराउन सफल खेलाडी राष्ट्रकाे गाैरब भएको हुदा यिनलाई सबैले सम्मान गर्नुपर्ने धारणा नगर प्रमुख जनक पाैडेलले राखेका थिए ।कार्यक्रममा क्रिकेट खेलाडी करन केसीले अाफुलाई अाफ्नाे जन्मथलोमा सम्मान गर्दा खुशी लागेको अाफुले राष्ट्रकाे लागि खेलेको बताए ।
कार्यक्रम संचालन बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद शर्माले गरेका थिए । बागलुङ सदरमुकाममा खेलाडी केसीलाई बाजागाजा सहित नगर परिक्रमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया