फ्रान्स – सरकारी काममा फ्रान्सको राजधानी पेरिस आईपुग्नभएका नेपालका रक्षामन्त्री बालकृष्णा खाँण र उहाँको भ्रमण दललाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिंषद् फ्रान्सले दिवाभोज आयोजना गरेर स्वागत गरेको छ । 
अक्टोबर २६ का दिन पेरिसको सगरमाथा नेपाली रेष्टुरेन्टमा दिवा भोजसहित स्वागत गरिएको हो । मन्त्री स्तरका उच्च व्यक्तिहरू आउंदा समय मिलेसम्म नेपाली समुदायसंग भेटघाट गरेर देशको समसामयिक वस्तु स्थितिको जानकारी लिने र यहा‘को नेपाली जनजीवनका व्यवसायको जानकारी गराउने परम्परा संघले धेरै वर्ष पहिलेदेखि नै अबलम्बन गर्दै आएको हो । स्वागत एवं भेटघाट कार्यक्रममा संघका अध्यक्ष भक्त वाग्लेले माननिय मन्त्री ज्युलाई फूलको गुच्छा दिंदैं सबै अतिथिहरूको स्वागत गर्नु भएको थियो ।
भेटघाटमा उपस्थित सबै सहभागीहरूले फ्रान्स र नेपाल दुबै देशको बारेमा आ–आफ्ना जिज्ञासाहरू राखेका थिए । मन्त्री खाँणले मैन्त्रीपूर्ण ढंगले सबै जिज्ञासाहरूको ब्याख्या र विश्लेषण गर्नु भएको थियो । गैरआवसिय नेपाली संघका पदाधिकारीहरूले भूकम्प पिडित नेपालीहरूको मर्का चाडै समाधान गर्न र कुनै पनि हालतमा संविधान कार्यान्वयन गर्न सुझाव दिंदै आग्रह गरेका थिए ।








