Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू विजयी भएको अवस्थामा मात्र चुनाव परिणाम स्वीकार गर्ने बताउनुभएको छ । 96722-donald-trump-700

राष्ट्रपतीय उम्मेदवार बीचको अन्तिम टेलिभिजन बहसमा निर्वाचन परिणाम स्वीकार गर्नेबारे मौनता साँधेकोमा आलोचना भइरहँदा उहाँले यस्तो बताउनुभएको हो । ट्रम्पले भने, ‘नतिजा निष्पक्ष भएमा मात्र म स्वीकार गर्दछु, नतिजामाथि प्रश्न उठ्न सक्ने आफूलाई लागेमा चुनाव परिणामलाई लिएर कानुनी चुनौती दिने अधिकार मसँग रहन्छ ।’

टेलिभिजन बहसमा क्रिस वालेसले ट्रम्पलाई सोधेका थिए– ‘यदि हिलारीबाट चुनाव हार्नुभयो भने के तपाई नतिजालाई स्वीकार गर्नुहुन्छ ?’ जवाफमा ट्रम्पले ‘समय आएपछि मात्र यसबारे भन्ने’ बताउनुभयो ।

उहाँले आफूविरुद्ध षड्यन्त्र भइरहेको आरोपसमेत लगाए । (एजेन्सी)

तपाईको प्रतिक्रिया