Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं  – उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

balastic

हवांजु क्षेत्रबाट उत्तर कोरियाले मिसाइल प्रहार गरेको समाचार संस्था योनहापले जनाएको छ । मिसाइलको प्रकार र मार हान्न सक्ने क्षमताका बारेमा भने केही खुलेको छैन । उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लागेको छ ।

तर पछिल्लो समय उसले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । उत्तर कोरियाले दुई हप्ताअघि पानीमुनिबाट मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया