Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

भक्तपुर – समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताउनुभएको छ । mahabir pun

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक विकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताउनुभएको हो । नेपालको विज्ञान क्षेत्रका लागि नास्टमा कर्मचारीलाई तलब खुवाउने बजेट बाहेक केही नभएको भन्दै विज्ञान मन्त्रालयमा जाने मन्त्री केवल मन्त्रीको उपमा लिन मात्र जाने र यसले नेपालको विज्ञान क्षेत्रमा कुनै परिवर्तन गर्न नसक्ने उहाँको टिप्पणी छ ।

पुनले नेपाल सरकारको आश्वासनले मात्र केही हुन नसक्ने भए पछि आफू र साथी मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा आविष्कार केन्द्रलाई उपलब्ध गराएको समेत उहाँले बताउनु भयो । पुनले नेपालमा भएका सम्भावनाहरुको खोजी गरेर त्यसलाई बजार सम्म ल्याउन केन्द्रले सहयोगी भूमिका खेल्नुका साथै केन्द्रमा पढे लेखेकाले मात्र नभएर ज्ञान र शिप भएकाहरुले नेपालको लागि योगदान दिन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया