विराटनगर – सद्भावना पार्टीका अध्यक्ष तथा मोर्चाका एक घटक राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताउनुभएको छ ।
पार्टीले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ सरकारलाई बाहिरबाट भने समर्थन गरिने स्पष्ट पार्नुभयो । ‘जबसम्म संविधान संशोधन र प्रदेशको पुनःसंरचना हुँदैन, तबसम्म स्थानीय निकायको निर्वाचन मोर्चालाई मान्य हुँदैन्’ उँहाले भन्नुभयो । उहाँले सीमाङ्कन आयोगले तराईमा रहेका ५१ प्रतिशत जनताका लागि १८८ एकाइ र ४९ प्रतिशत पहाडका लागि २७७ एकाइ बनाउन खोज्नु भनेको तराईप्रतिको विभेद भएको विचार व्यक्त गर्नुभयो ।
सप्तरी, तिलाठीको घटनाका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले नेपाल र भारतबीच कूटनीतिक रूपमा समस्या समाधान गर्नुपर्ने सुझाव दिँदै जनता जनताबीच लडाउने काम बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।








