काठमाडौँ – नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे बेलायतले चासो देखाएको छ । 
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सचिव शंकरदास बैरागीसँग शुक्रवार अलग अलग भेटी नेपालस्थित बेलायती कार्यवहाक राजदूत एलिसन म्याकवेनले राजनीतिक संकटबारे चासो राख्नुभएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
रिमालसँग भएको भेटमा म्याकवेनले एमाले नेतृत्वको सरकारको बहिर्गमन र नयाँ सरकार गठनबारे जानकारी मागेको बेलायती कूटनीतिक स्रोतले बतायो ।








