Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – वल्ड नेवाः अर्गनाईजेशन जापानकी प्रतिनिधिले नेपालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नाला सत्तल निर्माणका लागि सहयोग गर्नुभएको छ । Pramila Shakya

गत वर्षको विनाशकारी भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त ऐतिहासिक नाला करुणामय सत्तल निर्माणको सहयोगका लागि वल्ड नेवाः अर्गनाइजेशन जापानका प्रतिनिधि प्रमिला शाक्यले नाला करुणामय सत्तल निर्माण सहयोग समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठज्युलाई ३ लाख १० हजार ५ सय ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो ।

भूकम्पबाट क्षतिग्रस्त सत्तल पुर्ननिर्माणको लागि सहयोग गरिदिनु भएकोमा वल्ड नेवाः अर्गनाईजेशन जापानकी शाक्य सहितको टिमलाई धन्यवाद दिदैँ अध्यक्ष श्रेष्ठले सत्तल निर्माण कार्यको शिलान्यास सुरु भई सकेको र केही महिनामा नै निर्माण कार्य पुरा हुने कुराको जानकारी गराउनुभयो ।

हाम्रो संस्कृतिको सरंक्षण, सम्बद्र्धन र आवश्यकता परेको खण्डमा केही सहयोग गरौँ भन्ने भावनाले प्रेरित भई जापानमा सक्रिय रूपमा लाग्नु भएकी प्रमिला शाक्यज्युले आफ्ना आमा, बुबा, बज्यै र वल्ड नेवा अर्गनाईजेशन जापानको नाममा उक्त रकम सहयोग गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया