Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा खपत नियन्त्रणका उपायबारे छलफल सुरु भएको छ। सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विकल्प यसैबारे मुख्य विषय बनेको छ।

नेपाल आयल निगमले मूल्य वृद्धिले दैनिक ठूलो घाटा भोगिरहेको भन्दै खपत घटाउने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, डिजेलको अन्तर्राष्ट्रिय मूल्य प्रतिलिटर ५४ रुपैयाँले बढ्दा पनि निगमले १० रुपैयाँ मात्र वृद्धि गरेको छ। त्यस्तै, पेट्रोल ३१ रुपैयाँ बढ्दा १५ मात्र वृद्धि गरिएको छ भने ग्यासको मूल्य अझै पुरानै छ।

यातायात व्यवस्था विभागले पनि जोरबिजोर प्रणाली लागू गर्ने विषयमा एक चरणको छलफल गरेको छ। विभागका निर्देशक श्रीकान्त यादवका अनुसार, पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा आपूर्तिमा असर पार्न सक्ने भएकाले नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने उपायबारे छलफल भएको हो। तर, उनले भने कि ठोस निर्णय अहिलेसम्म भएको छैन।

हाल नेपालमा पेट्रोलियम आपूर्ति सहज रहेको भए पनि अन्तर्राष्ट्रिय मूल्य निरन्तर बढिरहेकोले भविष्यमा चुनौती सामना गर्न खपत घटाउने तयारी गरिरहेको निगमले जनाएको छ।

तपाईको प्रतिक्रिया