समाचार सुन्नुहोस :
काठमाडौँ – डोनाल्ड ट्रम्पले इरान लाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा नल्याए ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत इरानका पावर प्लान्टलाई लक्षित गरी कारबाही सुरु गरिने संकेत गरेका हुन्।
यसको जवाफमा इरानले पनि कडा प्रतिक्रिया दिएको छ। इरानका अधिकारीहरूले आफ्नो ऊर्जा संरचनामा आक्रमण भए संयुक्त राज्य अमेरिका र इजरायल सँग सम्बन्धित मध्यपूर्वका ऊर्जा संरचनामाथि प्रतिकार गर्ने चेतावनी दिएका छन्।
इरानको खातम अल–अन्बिया केन्द्रीय कमान्डका प्रवक्ता इब्राहिम जुल्फाघारी ले समुद्री पानीलाई पिउने बनाउने प्लान्ट तथा सूचना–प्रविधि संरचनासमेत निशानामा पर्न सक्ने बताएका छन्। दुवै पक्षबीचको यस्तो चेतावनीले मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्ने संकेत देखिएको छ।








