समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। शुक्रबार सुरु भएको बैठक बीचमा स्थगित भई आइतबार पुनः बसेको हो। बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।
यससँगै पार्टी सभापति गगन थापाले दिएको राजीनामाको विषय पनि बैठकको मुख्य एजेन्डा बनेको छ। अधिकांश सदस्यले राजीनामा स्वीकार नगरी उनलाई जिम्मेवारीमानै रहन आग्रह गर्ने धारणा व्यक्त गरेका छन्।
बैठकमा चुनाव परिणाम, पार्टीको भावी रणनीति र संगठन सुदृढीकरणका विषयमा समेत छलफल भइरहेको बताइएको छ।








