Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको साइतामा प्रिफेक्चरमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी विदेशी नागरिकहरू आफ्नो जीवनशैलीप्रति सन्तुष्ट रहेको एक सरकारी सर्वेक्षणले देखाएको छ । मुख्यतया उच्च सार्वजनिक सुरक्षा र राम्रो कार्यवातावरणका कारण उनीहरूले साइतामालाई रोजाइको गन्तव्य बनाएका हुन् ।

सन् २०२५ को अन्त्यतिर १,०६४ जना विदेशी नागरिकमाझ गरिएको सर्वेक्षणमा सहभागीमध्ये ४९ प्रतिशत ‘पूर्ण सन्तुष्ट’ र ४३ प्रतिशत ‘सामान्य सन्तुष्ट’ पाइएका छन् । सन्तुष्टिको प्रमुख कारणमा सुरक्षित समाज र सहज जीवनशैली (६९ प्रतिशत), जापानी संस्कृतिप्रतिको बुझाइ (५२ प्रतिशत) र अनुकूल रोजगारीको अवस्था (२८ प्रतिशत) रहेका छन् ।

सर्वेक्षणका अनुसार ५९ प्रतिशत सहभागीहरू साइतामामै स्थायी रूपमा बसोबास गर्न इच्छुक छन् । उनीहरूले जापानी नियमहरूको पालना गर्ने, स्थानीयसँग मेलमिलाप बढाउने र भाषा सुधार गर्ने इच्छा समेत व्यक्त गरेका छन् । यद्यपि, असन्तुष्ट रहेका करिब ५ प्रतिशतले भने ‘विदेशीप्रति हुने विभेद’ लाई मुख्य समस्याका रूपमा औंल्याएका छन् ।

सहभागीहरूले जापानी नागरिकसँग अन्तरक्रिया गर्ने थप वातावरण मिलाउन र ‘कान्जी’ (जापानी लिपि) सिक्नका लागि सहयोग पुर्‍याउन स्थानीय सरकारसँग माग गरेका छन् । केहीले भने जापान प्रवेश प्रक्रियामा कडाइ गर्न र कर तिर्ने वैध आप्रवासीलाई उचित सम्मान दिन सुझाव दिएका छन् ।

सन् २०२५ को जुन महिनासम्मको तथ्याङ्कअनुसार साइतामामा विदेशी नागरिकको सङ्ख्या २ लाख ७७ हजारभन्दा बढी पुगेको छ, जुन प्रिफेक्चरको कुल जनसङ्ख्याको ३.८ प्रतिशत हो । प्रादेशिक सरकारले यस सर्वेक्षणको नतिजालाई बहुसांस्कृतिक सहअस्तित्व सम्बन्धी नयाँ नीति बनाउन प्रयोग गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया