Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरी ले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक थुनुवालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ का ३० वर्षीय विकास रुम्बालाई शुक्रबार बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

उनी गत भदौ २४ गते जेनजी आन्दोलनका बेला सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए। सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार रुम्बा लागुऔषध सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। पक्राउपछि उनलाई बाँकी कैद भुक्तानका लागि पुनः केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ।

प्रहरीले फरार व्यक्तिहरूको खोजीलाई अझ कडाइका साथ अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया