Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानको राजधानी टोकियोमा यस वर्षको साकुरा (चेरी ब्लसम) फुल्न सुरु भएको छ । जापान मौसम विज्ञान एजेन्सीका अधिकारीहरूले बिहीबार अपराह्न टोकियोमा औपचारिक रूपमा साकुराको मौसम सुरु भएको घोषणा गरेका हुन् ।

प्रसिद्ध यासुकुनी मन्दिरमा रहेको ‘सोमेई-योशिनो’ प्रजातिको साङ्केतिक रुख (बेन्चमार्क ट्री) मा ६१ वटा फूलहरू फुलेको देखिएपछि अधिकारीहरूले यस वर्षको सिजन सुरु भएको पुष्टि गरेका हुन् । यो समय औसत वर्षहरूको तुलनामा पाँच दिन र गत वर्षको तुलनामा पनि पाँच दिन अगाडि हो ।

मौसम अधिकारी कावाकामी तोसियाकीका अनुसार फेब्रुअरीको मध्यदेखि मार्चको सुरुवातसम्म रहेको न्यानो तापक्रमका कारण यसपालि साकुरा चाँडै फुलेको हो । बुधबार मात्र सोही रुखमा दुईवटा फूल देखिएकोमा रातभरमै संख्या बढेर ६१ पुग्नु अनपेक्षित र उत्साहजनक रहेको उनले बताए ।

सामान्यतया साकुरा फुल्न सुरु भएको एक हप्तापछि रुखहरू ढकमक्क हुने गर्दछन् । यद्यपि, आगामी दिनहरूमा पनि तापक्रम औसतभन्दा बढी भएमा यस वर्ष निर्धारित समयभन्दा पहिल्यै ‘फुल ब्लुम’ (पूर्ण रूपमा फुल्ने अवस्था) हुन सक्ने मौसम विभागको अनुमान छ ।

जापानको संस्कृति र पर्यटनसँग गहिरो सम्बन्ध रहेको साकुरा हेर्न यस सिजनमा विश्वभरबाट लाखौं पर्यटकहरू जापान पुग्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया