Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य आशिका तामाङले सामाजिक सञ्जालमार्फत दिएको ‘निर्देशन’प्रति असन्तुष्टि जनाएका छन्। धादिङ–१ बाट निर्वाचित सांसद तामाङले फेसबुकमार्फत मलेखुदेखि ताल्तीसम्मका सवारी साधनबाट अब शुल्क नलिइने र यदि कसैले शुल्क उठाएमा कारबाही गरिने चेतावनी दिएकी थिइन्। उनले यसबारे सम्बन्धित निकायलाई निर्देशन दिइसकेको दाबी पनि गरेकी थिइन्।

यही विषयलाई लिएर स्थानीय तहका जनप्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। नेपाल नगरपालिका संघ का अध्यक्ष भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय धादिङ र सांसद तामाङबाट आएका निर्देशनप्रति असन्तुष्टि व्यक्त गरेको हो। स्थानीय तहहरूले संविधानले दिएको अधिकार कार्यान्वयनमा विभिन्न अवरोध देखिएको निष्कर्ष निकाल्दै बाह्य हस्तक्षेपप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको भनाइमा जिल्ला प्रशासन कार्यालय र संघीय सांसदबाट आएका केही निर्णयहरूले स्थानीय तहको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको देखिएको छ।

विज्ञप्तिमा संघीय शासन प्रणालीको भावना अनुसार तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेकोमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया