समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँबाट खोटाङतर्फ उडेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। उक्त घटनामा एक जना घाइते भएका छन्।
९एन–एएफक्यू दर्ता नम्बरको हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए। बिहान ११:०९ बजे काठमाडौँ विमानस्थलबाट उडेको हेलिकप्टर खोटाङको बालवेशी क्षेत्र (खानीडाँडाबाट करिब १७ किलोमिटर उत्तर–पूर्व) मा अवतरण गर्ने क्रममा असन्तुलित भई पल्टिएको हो।
दुर्घटनापछि घाइते यात्रु र पाइलटलाई तत्काल उद्धार गरी काठमाडौँस्थित ह्याम्स अस्पतालमा १२:४२ बजे उपचारका लागि ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।








