Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानकी प्रधानमन्त्री सानाय टाकाइची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय वार्ताका लागि बुधबार वासिङ्टन प्रस्थान गर्दैछिन् । इरानसँगको युद्धका कारण मध्यपूर्वमा तनाव बढिरहेका बेला हुन लागेको यो भ्रमणलाई जापान-अमेरिका रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

बिहीबार ह्वाइट हाउसमा हुने भेटवार्तामा दुई नेताबीच द्विपक्षीय गठबन्धन, आर्थिक सुरक्षा र चीनको बढ्दो प्रभावका विषयमा केन्द्रित रहेर छलफल हुने जापानी सरकारी अधिकारीहरूले जनाएका छन् । ट्रम्पको आक्रामक व्यापारिक नीतिका बावजुद दुवै देशले गत जुलाईमा भएको आर्थिक सम्झौता कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ । उक्त सम्झौताअनुसार जापानले ऊर्जा, सेमिकन्डक्टर र जहाज निर्माण जस्ता अमेरिकी रणनीतिक क्षेत्रमा ५५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बदलामा अमेरिकाले जापानी सामानमा लाग्ने भन्सार महसुल घटाएको छ ।

प्रधानमन्त्री टाकाइचीका लागि राष्ट्रपति ट्रम्पले विशेष आतिथ्य सत्कार स्वरूप सोही दिन ‘वर्किङ लन्च’ र ‘डिनर’ दुवैको आयोजना गर्दैछन्, जसलाई कूटनीतिक वृत्तमा निकै दुर्लभ र अर्थपूर्ण मानिएको छ । गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी टाकाइचीको यो पहिलो अमेरिका भ्रमण हो । फेब्रुअरी ८ मा भएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो दलले ऐतिहासिक बहुमत प्राप्त गरेपछि उनले यो विदेश भ्रमण तय गरेकी हुन् ।

भ्रमणको पूर्वसन्ध्यामा हर्मुज जलडमरुमध्यको सुरक्षा र सैन्य परिचालनको विषय भने केही पेचिलो बनेको छ । इरानले मुख्य तेल आपूर्ति मार्ग बन्द गरेपछि ट्रम्पले सुरुमा जापानलाई युद्धपोत पठाउन आग्रह गरे पनि पछि उक्त अडान फिर्ता लिएका थिए । जापानले आफ्नो शान्तिवादी संविधानका कारण विदेशी युद्धमा सेना पठाउन नसक्ने संवैधानिक बाध्यता ट्रम्पलाई स्पष्ट पार्ने बुझिएको छ ।

इरानसँगको युद्धका कारण ट्रम्पले आगामी मार्च ३१ का लागि तय भएको आफ्नो चीन भ्रमण समेत स्थगित गरेका छन् । यस्तो अवस्थामा टाकाइचीको यो भ्रमणले ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिक’ क्षेत्रको साझा एजेन्डालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

 

तपाईको प्रतिक्रिया