Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई चैत १२ गते शपथ खुवाउने तयारी गरेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ १२५ गरी कुल २९० जना सांसद निर्वाचित भएका छन्।

सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले औपचारिक रूपमा नतिजा र निर्वाचित सदस्यहरूको विवरण बुझाएपछि मात्र शपथसम्बन्धी प्रक्रिया अघि बढाइनेछ। आयोगले बिहीबार राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश गर्ने तयारी गरेको छ। प्रतिवेदन बुझाएसँगै सोही दिन संसद सचिवालयलाई नवनिर्वाचित सदस्यहरूको नामावली उपलब्ध गराइने सम्भावना छ। त्यसपछि सचिवालयले शपथ समारोहका लागि ७ दिनको सूचना जारी गर्नेछ र राष्ट्रपतिसँग समय मिलाउन पत्राचार गरिनेछ।

यसैबीच, नयाँ सरकार गठनमा अझै केही समय लाग्ने देखिएको छ। प्रतिनिधिसभा सदस्यले शपथ लिएपछि मात्रै प्रधानमन्त्री र मन्त्री बन्ने परम्परा रहेकाले चैत १२ पछिमात्र सरकार गठन प्रक्रिया अघि बढ्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेका नेता बालेन्द्र शाह (बालेन) पनि सोही समयपछि मात्रै प्रधानमन्त्री बन्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया