Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – मध्यपूर्वमा जारी इरान द्वन्द्वका कारण तेल आपूर्तिमा अवरोध सिर्जना भएपछि जापानले सोमबारदेखि आफ्नो निजी क्षेत्रको सञ्चित भण्डारबाट तेल बजारमा पठाउन सुरु गरेको छ । ट्याङ्कर आवागमनमा देखिएको अवरोधका कारण तेलको अभाव हुन नदिन र आपूर्तिलाई स्थिर बनाउन जापानले यो कदम चालेको हो ।

जापानले आफ्नो कुल मागको ठूलो हिस्सा मध्यपूर्वी देशहरूबाटै आयात गर्दै आएको छ । हाल जापानका तेल सम्बद्ध निजी कम्पनीहरूसँग ७० दिनको माग धान्न सक्ने सञ्चित मौज्दात रहेकोमा अहिले १५ दिनको खपत बराबरको इन्धन बजारमा पठाइएको छ । यसका अतिरिक्त, जापान सरकारको आफ्नो छुट्टै सरकारी भण्डार समेत छ, जसबाट मार्च महिनाको अन्त्यतिर थप एक महिनाको आपूर्ति उपलब्ध गराइने लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा निकायसँगको समन्वयमा जापानले यो निर्णय लिएको हो । आईईएका सदस्य राष्ट्रहरूले गत हप्ता मात्रै आफ्ना सञ्चित भण्डारहरूबाट हालसम्मकै उच्च ४१ करोड ब्यारल तेल बजारमा ल्याउने ऐतिहासिक सहमति गरेका थिए । आईईएले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, एसिया ओशिनिया क्षेत्रका देशहरूले तत्कालै १० करोड ८६ लाख ब्यारल तेल बजारमा पठाउनेछन् । त्यसैगरी, अमेरिकाले १९ करोड ५८ लाख र युरोपले १० करोड ७५ लाख ब्यारल तेल उपलब्ध गराउने निश्चित भएको छ । यी आपूर्तिहरू मार्च महिनाको अन्त्यदेखि पूर्ण रूपमा उपलब्ध हुनेछन् ।

निकासी गरिने कुल तेलमध्ये ७२ प्रतिशत कच्चा तेल रहने र बाँकी अन्य पेट्रोलियम उत्पादनहरू हुने आईईएले जनाएको छ । आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले मार्च १६ देखि बजारमा ‘अभूतपूर्व परिमाणमा तेल’ थपिने जानकारी दिए । यद्यपि, उनले तेल प्रवाहलाई पुरानै लयमा फर्काउन र विश्व बजारमा स्थिरता कायम गर्न ‘स्ट्रेट अफ होर्मुज’ को अवरोध हट्नु अनिवार्य रहेकोमा विशेष जोड दिएका छन् ।

 

तपाईको प्रतिक्रिया