Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको हो। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू गरिएको जानकारी दिइएको छ। निगमले निर्धारण गरेको नयाँ दर अनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ। त्यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ।

दोस्रो वर्गमा पर्ने दाङ र सुर्खेतमा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ र डिजल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री हुने भएको छ। यसैगरी पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तोकिएको छ। ती क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार अमेरिका, इजरायल र इरानबीच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको प्रभावलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको हो।

तपाईको प्रतिक्रिया