Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बन्ने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ।आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सम्पादन समितिको बैठकले अन्तिम निर्णय गरेपछि ती नाम आयोगमा पठाइएको हो।

पार्टीले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये प्राप्त सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरेको जनाएको छ। गत २१ फागुनमा सम्पन्न निर्वाचनमा प्राप्त मतअनुसार कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको थियो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार समावेशी समूहको मापदण्डअनुसार उम्मेदवार चयन गरिएको छ। जसअन्तर्गत आदिवासी जनजाति समूहबाट ६ जना, खस आर्य समूहबाट ६ जना, थारूबाट १ जना, मधेशीबाट ३ जना, दलितबाट ३ जना र मुस्लिम समुदायबाट १ जनाको नाम छनोट गरिएको उनले जानकारी दिए।

यी हुन् कांग्रेसबाट सिफारिस भएका नामहरू :

खसआर्य समूह

१. सुशीला ढकाल
२.रुक्मिणी देवी कोइराला
३. रीना उप्रेती
४. सतिा थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी

आदिवासी जनजाति समूह

७. गीताकुमार सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकमारी सुवेदी
१२. भीष्मराज आङदेम्बे

मधेशी समूह

१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलित समूह

१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारू समूह

१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिम समूह

२०. शाहजान खातुन

तपाईको प्रतिक्रिया