समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार यसको मूल्य ३ लाख १४ हजार २०० रुपैयाँ थियो। यसरी हेर्दा दुई दिनको अवधिमा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ मा कारोबार भएको महासंघले जनाएको छ। शुक्रबार यसको मूल्य ५ हजार ४९५ रुपैयाँ थियो। यस अवधिमा चाँदी तोलामा २२५ रुपैयाँ ले सस्तो भएको छ।








