Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – कुरामा होइन, काम र पद्धतिमा विश्वास गर्ने एउटा जुझारु युवा नेतृत्वको खाँचो महसुस गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीमा नवीन निउरेको उम्मेदवारीले नयाँ ऊर्जा थपेको छ । एनआरएनए जापानको नेतृत्वमा रहँदा इतिहासमै सर्वाधिक सफल र लोकप्रिय कार्यकाल सम्पन्न गरेका निउरेले एनआरएनए आईसीसीको २०२५-२०२७ कार्यकालका लागि युवा संयोजक पदमा आफ्नो सशक्त उम्मेदवारी दर्ता गराएका छन् ।

मार्च १४ अर्थात् आजदेखि काठमाडौंमा सुरु भएको एनआरएनएको १२औँ विश्व सम्मेलनका लागि निउरेले अघि सारेको स्पष्ट मार्गचित्र र कार्ययोजनाले विश्वभरका युवा प्रतिनिधिहरूमा नयाँ उत्साह र भरोसा जगाएको छ । समुद्रपारिसँगको विशेष कुराकानीमा निउरेले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई एनआरएनएलाई २१औं शताब्दीको प्रविधि र युवा ऊर्जासँग जोड्नका लागि भएको बताएका छन् ।

निउरेले आफ्नो चुनावी घोषणापत्रमा मुख्य गरी ‘३ एस’ (Support, Sports, Sanskar) को अवधारणालाई अघि सारेका छन् । 

१. Support (सहयोग): विदेशिने विद्यार्थीहरूका लागि विशेष ‘हेल्प डेस्क’ स्थापना गर्ने र विदेशमा रहेका युवाहरूलाई नेपालसँग जोड्न ‘इन्टर्नसिप’ तथा ‘युवा स्वयंसेवा (YV4N)’ जस्ता कार्यक्रममार्फत व्यावसायिक अवसरहरू सिर्जना गर्ने ।
२. Sports (खेलकुद): विश्वभर छरिएका युवाहरूलाई संगठित गर्न ‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ को स्थापना गर्ने र व्यावसायिक रूपमा ‘विश्वस्तरीय एनआरएनए लिग’ सञ्चालन गर्ने ।
३. Sanskar (संस्कार): प्रविधिको प्रयोग गरी प्रवासमा हुर्किएका दोस्रो र तेस्रो पुस्ताका नेपालीलाई नेपाली भाषा, संस्कृति र आफ्नो मौलिक पहिचानसँग जोड्न विशेष ‘सांस्कृतिक महोत्सव’ र भाषिक कार्यक्रमहरू सञ्चालन गर्ने ।निउरेको नेतृत्व क्षमताको सबैभन्दा ठूलो प्रमाण उनको एनआरएनए जापानको कार्यकाल हो । उनको नेतृत्वमा जापानमा सदस्य संख्या ८ हजारबाट ऐतिहासिक रूपमा वृद्धि भई २० हजार पुगेको थियो । यो सफलताले उनलाई कुरामा भन्दा काममा विश्वास गर्ने नेताको रूपमा स्थापित गरेको छ । उनी भन्छन्, ‘हाम्रो दोस्रो पुस्ता विदेशमा हुर्किँदै छ, उनीहरूको मनमा ‘नेपाल’ जोगाइराख्नु नै आजको सबैभन्दा ठूलो चुनौती हो । म यही चुनौतीलाई अवसरमा बदल्न मैदानमा आएको हुँ ।’

एनआरएनए आईसीसीमा देखिएको चरम विवाद र विभाजनप्रति निउरे प्रष्ट देखिन्छन् । ‘संस्थाको पोखरी धमिलो भयो भनेर डिलमा बसेर सरापेर मात्र पुग्दैन, सफा गर्न आफैं भित्र पस्नुपर्छ,’ उनले भने । उनले एनआरएनएलाई व्यक्ति केन्द्रित नभई पद्धति केन्द्रित बनाउने र नेतृत्व तहमा देखिएको गुटबन्दी अन्त्य गरी एउटै बलियो एनआरएनए बनाउन आफूले पुलको काम गर्ने अठोट व्यक्त गरे ।

जापानको प्रतिष्ठित रेमिट्यान्स सेवा प्रदायक ‘येहेई रेमिट’ का प्रबन्ध निर्देशक समेत रहेका निउरे एक सफल उद्यमी हुन् । व्यवसायिक कुशलता र सामाजिक सेवाको अनुभवलाई समायोजन गर्दै उनले ‘युवाको जोस, एनआरएनएको होस’ भन्ने मूल नारालाई आत्मसाथ गरेका छन् ।

जापानबाट सुरु भएको निउरेको समर्थनको लहर अहिले युरोप, अमेरिका र खाडी मुलुकका युवा डेलिगेटहरूसम्म फैलिएको छ । आफ्नो अमूल्य मत दिएर एनआरएनएको भविष्य सुरक्षित गर्न उनले सम्पूर्ण डेलिगेटहरूलाई हार्दिक अपिल गरेका छन् । ‘तपाईंको एउटा मत केवल व्यक्तिका लागि होइन, यो एनआरएनएको सुनिश्चित भविष्यका लागि हो । म तपाईंको छोराछोरीको नेपालसँगको सम्बन्ध कसिलो बनाउने पुल बन्न चाहन्छु,’ निउरेले थपे ।***

 

 

तपाईको प्रतिक्रिया