
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सहयोगी व्यक्तिहरूले राम्रो साथ दिनेछन् र तपाईँले गरेका कामको उचित फल प्राप्त हुनेछ । रोकिएका कार्यहरू अघि बढ्नेछन् र नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । विभिन्न प्रकारका उपहार वा लाभ प्राप्त हुने सम्भावना छ । उद्योग तथा व्यापारमा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धी र विरोधीलाई सजिलै सामना गर्न सकिनेछ । कृषिसम्बन्धी काममा केही व्यस्तता र पशुपालनतर्फ सामान्य समस्या देखिए पनि आर्थिक आम्दानी राम्रो रहनेछ । राजनीतिसम्बन्धी भेटघाट र छलफलमा पनि समय बित्न सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय अनुकूल भएकाले व्यापारबाट राम्रो आम्दानी हुने संकेत छ । सानो प्रयासले पनि सकारात्मक परिणाम दिने काम सम्पन्न गर्न सकिनेछ । टाढाको धार्मिक वा शैक्षिक यात्राको सम्भावना बलियो देखिन्छ । प्रेम सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय सहयोगी रहनेछ । पुराना साथीभाइसँग भेटघाट हुने र खानपान तथा रमाइलोमा समय बित्नेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता देखाउने अवसर पाउँदा मन प्रसन्न रहनेछ । बिहानतिर यात्रा गर्दा भने अलि सावधानी अपनाउनु राम्रो हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) जग्गा, सम्पत्ति वा सवारी साधनसँग सम्बन्धित कारोबार गर्दा सतर्क रहनु राम्रो हुन्छ, नत्र अनपेक्षित समस्या आउन सक्छ । प्रेम सम्बन्धमा अविश्वास वा निराशा महसुस हुन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा असर पर्ने सम्भावना छ । घरपरिवारका साना समस्या मिलाउँदै समय बित्न सक्छ । आफन्त तथा माइती पक्षबीच मनमुटाव हुने स्थिति पनि बन्न सक्छ । तर बिहानको समयमा अध्ययन र यात्रामा भने राम्रो सफलता मिल्ने संकेत छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सुखदुःखमा साथ दिने साथीभाइ तथा आफन्त भेटिनेछन् र परिवारको सहयोगले नयाँ उत्साह पैदा हुनेछ । प्रेम र मित्रताको सम्बन्ध अझ बलियो बन्नेछ र दाम्पत्य जीवनमा खुसीको वातावरण रहनेछ । सहयोग, सम्मान वा उपहार प्राप्त हुने योग छ । व्यापारबाट आय राम्रो हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मानित हुने सम्भावना पनि छ । कामबाट फुर्सद निकालेर रमाइलो यात्राको अवसर मिल्न सक्छ, व्यापारकै कारण यात्रा पनि हुन सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विवादित विषयहरूको अन्तिम निष्कर्ष तपाईँको पक्षमा आउने सम्भावना भएकाले मन खुसी रहनेछ । पुराना समस्या क्रमशः समाधान हुँदै जानेछन् । स्वास्थ्य राम्रो रहने भएकाले नयाँ काम सुरु गर्ने हिम्मत बढ्नेछ । तपाईँप्रति नकारात्मक सोच राख्ने व्यक्तिहरू आफै कमजोर हुँदै जानेछन् । कामका लागि आवश्यक आर्थिक स्रोत जुट्ने भएकाले व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने संकेत छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ र प्रतिस्पर्धामा सहपाठीभन्दा राम्रो प्रदर्शन गरी पुरस्कार वा प्रशंसा पाउन सकिनेछ । भाग्यले प्रेम सम्बन्ध जोड्ने सम्भावना देखिन्छ र मनपर्ने व्यक्तिबाट उपहार पनि प्राप्त हुन सक्छ । सन्तान तथा आफन्तको सहयोगले मन खुसी रहनेछ । आत्मविश्वास बढ्नेछ र समाजमा मान–सम्मान बढ्ने संकेत छ । तर बिहानतिर आफन्तसँग सानो विवाद हुन सक्छ । यात्रा गर्दा सतर्क रहनु राम्रो हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा सामाजिक गतिविधिमा आलोचना गर्ने मानिसहरू सक्रिय हुन सक्छन् । विरोधीहरूको गतिविधि बढ्ने भएकाले काम गर्दा ध्यान दिनु आवश्यक छ । जग्गा, सम्पत्ति वा सवारी साधनको कारोबार गर्दा सावधानी अपनाउनु राम्रो हुनेछ । अनावश्यक टिप्पणी र बहसमा समय खर्च हुन सक्छ । खानपान र जीवनशैली नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । बिहानको समय भने व्यापार, अध्ययन वा कृषिसम्बन्धी कामका लागि अनुकूल रहनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) शुभ तथा मंगलमय कार्यक्रममा सहभागी भई भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । छोटो दूरीको यात्राबाट राम्रो परिणाम प्राप्त हुन सक्छ । खेलकुद वा अन्य सक्रिय कार्यमा लाग्नेहरूले सफलता हासिल गर्ने सम्भावना छ । व्यापारमा लगानी बढाउँदा राम्रो नाफा कमाउन सकिनेछ । प्रेम सम्बन्ध अझ मजबुत बन्नेछ र दाम्पत्य जीवनमा खुसीको वातावरण रहनेछ । साहस बढ्नेछ र दाजुभाइ तथा साथीभाइको सहयोग प्राप्त हुँदा मन सन्तुष्ट रहनेछ । छोटो यात्राको सम्भावना पनि छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) गीत, संगीत, कला वा साहित्यतर्फ रुचि राख्नेहरूले राम्रो उपलब्धि हासिल गर्न सक्छन् । प्रेम सम्बन्ध अझ गहिरो बन्नेछ । कामहरू समयमै सम्पन्न हुने भएकाले थप काम गर्न ऊर्जा बढ्नेछ । व्यापारमा लगानी गर्दा आम्दानीका नयाँ अवसर खुल्नेछन् । अध्ययन तथा अनुसन्धान क्षेत्रमा प्रगति हुने संकेत छ र तपाईँको बौद्धिक क्षमताको प्रशंसा हुनेछ । खेलकुद तथा यात्राका लागि समय अनुकूल देखिन्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइमा सुधार आउनेछ र प्रतिस्पर्धामा अघि बढ्न सकिनेछ । मेहनतका साथ काम गर्दा लक्ष्य पूरा गर्न सजिलो हुनेछ । लगनशील कार्यशैलीका कारण उद्देश्यतर्फ अघि बढ्न सहज हुनेछ । व्यापार व्यवसाय विस्तार हुँदै जानेछ र लगानीका नयाँ अवसर सिर्जना हुनेछन् । आम्दानी बढ्ने संकेत छ । परिवारसँग रमाइलो वातावरणमा स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ । बिहान यात्रा गर्दा भने सावधानी अपनाउनु उचित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) काम गर्दा कानुनी नियमको पालना गर्न विशेष ध्यान दिनुहोला, नत्र राज्यबाट जरिवाना वा समस्या आउन सक्छ । प्रेम सम्बन्धमा दूरी बढ्न सक्छ जसले मन खिन्न बनाउनेछ । यात्राको क्रममा पैसाको सही व्यवस्थापन नगर्दा खर्च बढ्न सक्छ । तर वैदेशिक यात्राको अवसर बन्ने सम्भावना छ र विदेशसँग सम्बन्धित वस्तु वा धन प्राप्त हुने योग देखिन्छ । विदेशमा बसेर पढाइ वा काम गर्नेहरू आफ्नो कार्यप्रति सन्तुष्ट रहनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार विस्तार हुँदै जानेछ र दैनिक कारोबार बढ्ने संकेत छ । प्रभावशाली व्यक्तिसँगको भेटघाटले व्यवसायमा लगानी बढाउन मद्दत गर्नेछ । सामाजिक क्षेत्रमा तपाईँको प्रभाव बढ्नेछ र नेतृत्व गर्ने अवसर आउन सक्छ । जनताको काम समयमा सम्पन्न गर्न सके सम्मान र प्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्धमा सफलता प्राप्त हुनेछ र लामो समयदेखिको सम्बन्धलाई विवाहमा परिणत गर्ने विषयमा आफन्तको सहमति मिल्ने सम्भावना छ ।








