Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका समाजसेवी तथा व्यवसायी ददिवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । विगत साढे तीन दशकदेखि जापानलाई कर्मथलो बनाएर व्यावसायिक सफलता र निस्वार्थ समाजसेवामा पहिचान बनाएका खड्काले सन् २०२५-२०२७ कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी ‘सबल एनआरएनए, साझा नेतृत्व’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएका छन् । समुद्रपारिसँगको विशेष कुराकानीमा उनले भने, ‘एनआरएनए अहिले आन्तरिक चुनौती र विभाजनको चेपुवामा छ । यो समय गुटबन्दी गर्ने होइन, संस्थालाई जोगाउने र विश्वभरका नेपालीको साझा घर बनाउने हो । मैले जापानमा सिकेको व्यावसायिक अनुशासन र डेढ दशकको एनआरएनए अनुभवलाई संस्थाको शुद्धीकरण र सुदृढीकरणमा लगाउन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

अनुभवको परिपक्वता : जितको बलियो आधार
सन् १९८९ मा विद्यार्थीका रूपमा जापान प्रवेश गरेका खड्काले यहाँको कठिन संघर्षबाट आफूलाई एक सफल व्यवसायीका रूपमा स्थापित गरे । उनको एनआरएनए यात्रा निकै लामो र उपलब्धिमूलक छ । सन् २०१७-२०१९ मा एनआरएनए जापानको सल्लाहकार, २०१९-२०२१ मा आईसीसी सदस्य र २०२१-२०२३ मा एसिया-प्यासिफिक क्षेत्रको उपसंयोजकका रूपमा उहाँले निर्वाह गरेको भूमिकाले उहाँलाई विश्वभरका अभियन्तामाझ परिचित गराएको छ ।

जापानस्थित नेपाली व्यवसायी संघको वरिष्ठ उपाध्यक्ष समेत रहेका खड्काले नेपाली समुदायका लागि रोजगारी सिर्जना, सांस्कृतिक प्रवर्द्धन (नेपाल फेस्टिवल) र विपद्का बेला पुर्‍याएको मानवीय सहयोगले एक ‘भरोसायोग्य नेतृत्व’का रूपमा उभ्याएको छ ।

खड्काको नेतृत्वदायी क्षमताको एउटा बलियो खम्बा म्याग्दी प्रवासी नेपाली संघ (मोना)आईसीसीको अध्यक्षका रूपमा उनले निर्वाह गरेको भूमिका पनि हो । ३५ भन्दा बढी देशमा शाखा फैलिएको मोनाको नेतृत्व सम्हाल्दा खड्काले मध्यपूर्व, युरोप र एसियाका धेरै देशहरूको भ्रमण गरी त्यहाँ रहेका नेपालीहरूले भोग्नुपरेका वास्तविक समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाए । ‘मोनाको अध्यक्ष हुँदा मैले खाडीदेखि युरोपसम्मका नेपाली दाजुभाइको आँसु र संघर्ष देखेको छु,’ खड्काले भने, ‘त्यो बेलाको अनुभवले मलाई के सिकाएको छ भने- एनआरएनए केवल ठूला कुरा गर्ने थलो होइन, यो त समस्यामा परेका नेपालीको घाउमा मलम लगाउने र नेपालको विकासमा इँटा थप्ने माध्यम बन्नुपर्छ ।’खड्काका पाँच मुख्य एजेन्डा, के छ नयाँ योजना ?

  • प्रवासी नेपालीको अधिकार संरक्षणस् विदेशमा बस्ने नेपालीहरूले भोग्नुपरेका कानुनी, सामाजिक र प्रशासनिक झमेलाहरूलाई राज्यस्तरबाटै सम्बोधन गराउन एनआरएनएलाई थप सक्रिय र दबाबमूलक बनाउने ।
  • लगानी र आर्थिक समृद्धिको ढोकास् गैरआवासीय नेपालीहरूको सीप, ज्ञान र पुँजीलाई नेपालको पूर्वाधार र उत्पादनशील क्षेत्रमा भित्र्याउन लगानीमैत्री वातावरणका लागि सरकारसँग समन्वय गर्ने ।
  • दोस्रो पुस्ताको आकर्षणस् विदेशमा हुर्किएका नेपाली युवाहरूलाई एनआरएनए अभियानमा जोड्ने र उनीहरूलाई नेपाली भाषा, कला र पहिचानसँग जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्ने ।
  • संस्थागत पारदर्शिता र एकतास् एनआरएनएभित्रको आन्तरिक कलह अन्त्य गर्दै आर्थिक र प्रशासनिक रूपमा पारदर्शी एवं एकताबद्ध संगठन निर्माण गर्ने ।
  • विश्वव्यापी सहकार्य र सञ्जालस् विभिन्न देशका एनसीसीहरूबीचको अनुभव साटासाट र सहकार्यलाई मजबुत बनाउँदै डायस्पोराको शक्तिलाई एकीकृत गर्ने ।

खड्काको उम्मेदवारीलाई उनको सालिन व्यक्तित्व, स्पष्ट भिजन र सबैलाई मिलाएर लैजान सक्ने क्षमताका कारण उच्च महत्त्वका साथ हेरिएको छ । विशेषगरी एसिया-प्यासिफिक क्षेत्रका प्रतिनिधिहरू मात्र नभई युरोप र अमेरिकामा रहेका नेपालीहरूमाझ पनि उनको राम्रो प्रभाव छ । ‘मेरो उम्मेदवारी पदका लागि मात्र होइन, संस्थाप्रति आम नेपालीको गुमेको विश्वास फर्काउनका लागि हो,’ खड्काले थपे, ‘पर्सि हुने विश्वभरका साथीहरूले मलाई आफ्नो अमूल्य मत दिएर सेवा गर्ने मौका दिनुहुनेछ भन्नेमा म पूर्ण आशावादी छु ।’

एनआरएनएको १२औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने क्रममा ददिवल खड्का जस्ता अनुभवी र निष्कलंक छविका व्यक्तिको आगमनले संस्थाको भविष्यलाई लिएर नयाँ आशा जगाएको छ । ‘मैले ३६-३७ वर्ष जापानमा बसेर धेरै कुरा सिकेको छु, अब मेरो बाँकी समय र अनुभव एनआरएनएको माध्यमबाट मातृभूमिको सेवामा समर्पित गर्न चाहन्छु,’ खड्काले भने । यद्यपि नेतृत्व चयनमा सहमतिको प्रयास जारी रहेकाले एनआरएनएको एकताका लागि आफू पनि लचिलो हुन तयार रहेको उनको भनाई छ ।***

तपाईको प्रतिक्रिया