समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो। अस्पताल स्रोतका अनुसार उनी केही समयदेखि अस्वस्थ थिए र उपचाररत अवस्थामा उनको मृत्यु भएको हो।
परिवारका सदस्यका अनुसार मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई भक्तपुरस्थित ओली निवास गुण्डुमा लैजाने तयारी भइरहेको छ। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने बताइएको छ। स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।








