Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। लामो समयदेखि उमेरजन्य स्वास्थ्य समस्याका कारण अस्वस्थ रहेका ओलीको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको छ । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

मोहनप्रसादका दुई छोरा र तीन छोरी छन् । एमाले अध्यक्ष ओलीका पिताको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभचिन्तकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया