Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मध्यपूर्वमा बढ्दै गएको युद्धको असर फैलिँदै जाँदा बिहीबार बिहान कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार धेरै ड्रोनले विमानस्थल क्षेत्रलाई निशाना बनाउँदा केही संरचनामा भौतिक क्षति पुगेको छ।

सरकारी समाचार एजेन्सी केयूएनएले जारी गरेको विज्ञप्तिअनुसार उक्त आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै विमानस्थलले यसअघि नै व्यावसायिक उडानहरू स्थगित गरिसकेको थियो। साथै, कुवेतको आकाशमार्ग पनि अस्थायी रूपमा बन्द गरिएको छ। क्षेत्रमा बढ्दो तनावका बीच इरानले ऊर्जा संरचनाहरूलाई लक्षित गर्दै प्रतिकारात्मक आक्रमणहरू तीव्र पारेको बताइएको छ। यस क्रममा इराकी जलक्षेत्रमा रहेका दुई विदेशी तेल ट्यांकरमाथि पनि हमला भएको खबर आएको थियो।

त्यसैगरी, ओमानमा इन्धन भण्डारण ट्याङ्कमा आगलागी भएपछि आपत्कालीन टोलीले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्। बहराइनले पनि बिहीबार बिहान आफ्नो देशका इन्धन ट्याङ्कहरूलाई लक्षित गर्दै इरानबाट आक्रमण भएको जनाएको छ।

तपाईको प्रतिक्रिया