समाचार सुन्नुहोस :
काठमाडौँ – लगातार दुई दिन घटेको सेयर बजार बिहीबार भने उकालो लागेको छ। सो दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेर बन्द भएको हो।
बिहीबार चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा कुल १४ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यसअघिको कारोबार दिनमा भने १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ३३५ कम्पनीका सेयर किनबेच भए। तीमध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ भने नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारका क्रममा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेसनल हाइड्रोपावर र होटेल फरेस्ट इनको सेयर पनि सर्किट लेभलमै कारोबार भएको छ।








