समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ कायम गरिएको छ। यसअघि फागुन २६ गते पनि सुन यही मूल्यमा किनबेच भएको थियो।
तर चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ७२८ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ तथा १० ग्राम ४ हजार ९०४ रुपैयाँमा कारोबार भएको थियो।








