Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टाबाजी गरेको आरोपमा प्रहरीले आठ भारतीय नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामा भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लाको पामुर गाउँका राजा यदुला (३१), महेश बाबु (३५), पण्डित श्रीनिवासुलु (३०), सेख सोयब (२०), नभिन मड्डेला (३०), महमद रफी सेख (३२), साइकुमार तम्मिसेट्टी (१९) र सेखचन्द बसल (२८) रहेका छन्। उनीहरू काठमाडौँ महानगरपालिका–२६ सामाखुशीमा बस्दै आएका थिए।

उनीहरूले एनपीएलका खेलमा अनलाइनबाट ‘बेटाकुलर लाइभ’ नामक साइट प्रयोग गरी खेलको नतिजामा सट्टाबाजी गर्ने काम गर्दै आएको प्रहरीले जनाएको छ। यसै क्रममा प्रहरी टोलीले उनीहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो।

तिनको साथमा फेला परेका १५ ओटा मोबाइलको प्राविधिक अनुसन्धान भइरहेको छ। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(४) अनुसार सट्टाबाजीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया