Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – जापानको दक्षिण पश्चिमी सहर ओइतामा भीषण आगलागीबाट विस्थापित भएका सयौं नागरिकले स्थानीय सामुदायिक केन्द्रमा आश्रय लिइरहेका छन् । ओइता सहरको सागानोसेकी क्षेत्रमा मंगलबारदेखि सुरु भएको आगलागी आइतबारसम्म आइपुग्दा पनि कहिले पूर्ण रूपमा नियन्त्रणमा आउँछ भन्ने यकिन हुन सकेको छैन ।

यस विपद्को घडीमा सामुदायिक केन्द्रमा आश्रय लिइरहेका १०० भन्दा बढी विस्थापितलाई तातो र पोसिलो खाना खुवाएर राहतको महसुस गराइएको छ । विपद्को भोलिपल्टैदेखि उनीहरूलाई नियमित रूपमा तातो खानाको व्यवस्था गरिएको हो ।

आइतबार पनि केन्द्रको भान्सा र फुड ट्रकमा विशेष खाना तयार पारियो । स्थानीय माछा व्यवसायीहरूले उपलब्ध गराएको ‘कटलास फिस’ (उमालेको माछा) र स्थानीय रूपमै उत्पादित च्याउलाई बटरमा फ्राइ गरेर तयार पारिएको परिकार पीडितहरूलाई पस्किएको थियो ।

खाना व्यवस्थापनको जिम्मा ‘को-अप ओइता’ले लिएको छ । सन् २०२४ मा नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पका बेला प्राप्त अनुभव र पीडितहरूको सुझावलाई मनन गर्दै, यहाँ पनि प्रशस्त तरकारीसहितको ‘घरको जस्तो’ खाना खुवाउने प्रयास भइरहेको को-अपका कर्मचारीहरू बताउँछन् । साथै, विस्थापितहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थोरै नुन-मसला प्रयोग गरी सादा तर स्वस्थकर भोजन तयार पारिएको छ ।

तपाईको प्रतिक्रिया