Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – जापानको चिबा प्रिफेक्चरस्थित फुनबासी प्रहरीले एक २६ वर्षीय युवकलाई ‘व्यवसायमा अवरोध पुर्‍याएको’ अभियोगमा पक्राउ गरेको छ । ती युवकले गत मे महिनामा एक ‘कन्भिनियन्स स्टोर’ (सुविधा सम्पन्न पसल) को र्‍याकमा पिसाब भरिएको प्लास्टिकको बोतल राखेको आरोप छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कोता सियोजावा नाम गरेका व्यक्ति रहेका छन्, जो पेसाले एक कम्पनीका कर्मचारी हुन् । स्थानीय सञ्चारमाध्यम ‘साइतामा सिम्बुन’का अनुसार सियोजावा गत मे २४ तारिख बिहान करिब ११:५० बजे फुनबासीको चुओ वडास्थित एक पसलमा प्रवेश गरेका थिए । उनले साथमा ‘चिया’को लेबल लगाइएको तर भित्र पिसाब भरिएको एक प्लास्टिकको बोतल ल्याएका थिए र त्यसलाई पेय पदार्थ बिक्री गर्ने र्‍याकमा राखेका थिए ।

सोही दिन उक्त बोतल खरिद गरेका एक ग्राहकले बिर्को खोल्दा अनौठो र दुर्गन्धित बासना आएपछि शंका मानी पसलमा खबर गरेका थिए । ती ग्राहकले सो दूषित पदार्थ सेवन भने गरेनन्। यो घटना सार्वजनिक भएलगत्तै पसल सञ्चालकले र्‍याकमा रहेका अन्य सबै पेय पदार्थहरूको समेत परीक्षण गर्नुपर्‍यो ।

पसलमा जडान गरिएको सीसीटीभी फुटेजको विश्लेषणपछि प्रहरीले सियोजावाको पहिचान गरेको हो । प्रहरी नियन्त्रणमा रहेका सियोजावाले आफ्नो गल्ती स्वीकार गर्दै भनेका छन्, ‘मैले यो केवल ठट्टा (Prank) को रूपमा गरेको थिएँ, व्यवसायमा अवरोध पुर्‍याउने मेरो कुनै मनसाय थिएन । काममा सोचेजस्तो नभइरहेकाले म निराश र तनावमा थिएँ, त्यसैले यस्तो गरेँ ।’

तपाईको प्रतिक्रिया