Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर गरिएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले विपक्षीहरूलाई लिखित जबाफ पेस गर्न आदेश दिएको छ।

सर्वोच्चको आदेशअनुसार पनि सरकारले १३ देशका राजदूतहरूलाई फिर्ता बोलाएर अदालतको आदेश उल्लंघन गरेको आरोप लगाउँदै दायर रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो।सर्वोच्चको वेबसाइटका अनुसार सो सुनुवाइपछि विपक्षीहरूलाई लिखित जबाफ माग्ने आदेश जारी गरिएको छ। मंसिर २ गते यस विषयमा दुईवटा अलग–अलग अवहेलना रिट दर्ता गरिएको थियो।

पहिलो रिट अधिवक्ता प्रेमराज सिलवालले परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरेका हुन्। दोस्रो रिट अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेल र विशाल थापाले दायर गरेका छन्, जसमा प्रधानमन्त्री सुशीला कार्की समेत विपक्षी राखिएको छ। सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतहरूलाई फिर्ता बोलाएको थियो। त्यस निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो।

कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तिम निर्णय नआएसम्म राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। तर कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले पुनः राजदूत फिर्ता बोलाएकी थिइन्। यही आदेश उल्लंघन भएको दाबी गर्दै अधिवक्ताहरूले अवहेलनाको रिट दायर गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया