Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – ताइवानको विषयलाई लिएर चीन र जापानबीचको कूटनीतिक द्वन्द्व संयुक्त राष्ट्र संघसम्म पुगेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवान मामिलामा ‘सशस्त्र हस्तक्षेप’ को संकेत गरेको भन्दै चीनले राष्ट्र संघमा कडा आपत्ति जनाएको हो ।

संयुक्त राष्ट्र संघका लागि चिनियाँ राजदूत फु कोङले महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेख्दै जापानी प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ भनेका छन् । उनले पत्रमा भनेका छन्, ‘यदि जापानले ताइवान मामिलामा सशस्त्र हस्तक्षेप गर्ने दुस्साहस गर्यो भने त्यो सिधा आक्रमण मानिनेछ र चीनले आफ्नो प्रतिरक्षाका लागि कडा कदम चाल्नेछ ।’

जापानी प्रधानमन्त्री ताकाइचीले गत नोभेम्बर ७ मा संसदमा बोल्दै ‘चीनले ताइवानमा आक्रमण गरे टोकियोले सैन्य प्रतिक्रिया जनाउन सक्ने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको यो भनाइले दुई देशबीचको व्यापारिक र सांस्कृतिक सम्बन्धमा समेत असर पारेको छ भने चीनमा जापानी कलाकारका कार्यक्रमहरू रद्द गरिएका छन् ।

चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ । राजदूत फुको पत्रमार्फत बेइजिङले जापानलाई उक्साहटपूर्ण अभिव्यक्ति फिर्ता लिन र चीनको सार्वभौमिकतालाई चुनौती नदिन चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया