Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – कांग्रेसले २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेनजीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको हो ।

राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । तर, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवाकै नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खडको नाम पठाउने भन्नेबारेमा उल्लेख गरिएको छैन । दल दर्ता गर्दा सभापति देउवाकै नाम पठाइएमा पछि टिकट वितरणमा देउवा नै सक्रिय हुने आशंका छ ।

तपाईको प्रतिक्रिया