Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

टोकियो – टोकियोको आकासाकामा एक महिलामाथि छुरा प्रहार गरी हत्या प्रयास गरेको आरोपमा शनिबार जापानी स्थल आत्मरक्षा बलका एक सदस्य पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा नेरिमास्थित क्याम्प आसाकामा कार्यरत ४३ वर्षीय सार्जेन्ट योइचिरो ओत्सु हुन् ।

उनले गत आइतबार बिहान एक ४० वर्षीया संगीतकर्मी महिलालाई उनकै कार्यक्रमस्थल बाहिर छुरा प्रहार गरेको आरोप छ । पीडित महिला गम्भीर घाइते छिन् । पीडित र अभियुक्त पूर्वपरिचित भए पनि ओत्सुले आरोप अस्वीकार गरेका छन् ।

अनुसन्धानमा उनले पदचाप लुकाउन जुत्तामा प्लास्टिक बेरेको र घटनापछि साइकलमा भागेको देखिएको छ । जीएसडीएफले घटनाप्रति दुःख व्यक्त गर्दै तथ्यका आधारमा कडा कारबाही गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया