Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मंसिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीच एकता घोषणा हुने भएको छ। नेसपा (नयाँ शक्ति) का प्रचार विभाग प्रमुख रेखी गुरुङका अनुसार वृहत् एकता घोषणासभाको तयारी तीव्र रूपमा अगाडि बढाइएको छ।

कार्यक्रम काठमाडौंको राष्ट्रिय सभागृहमा हुनेछ। तीन मुख्य घटक बाहेक अन्य समूहलाई पनि एकतामा ल्याउनेबारे छलफल भइरहेको गुरुङले बताए। नयाँ शक्ति, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भइसकेको छ। एकता सभामा नयाँ र वैकल्पिक पार्टीहरूलाई मात्र निमन्त्रणा दिइएको छ। अतिथि सूचीबारे निर्णय गर्न आज दिउँसो बैठक बस्ने जानकारी गुरुङले दिए।

यसैगरी, नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल र जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि छलफल गरिरहेको छ। तर ती छलफलहरू निष्कर्षमा नपुगेको नेसपाका प्रवक्ता कृष्ण शर्माले बताए।

 

 

तपाईको प्रतिक्रिया