Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुन तोलाको मूल्य २ लाख ४३ हजार रुपैयाँ थियो।

चाँदीको भाउ पनि आज घटेको महासंघले जनाएको छ। बिहीबार तोलाको ३ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार झरेर ३ हजार १०० रुपैयाँ पुगेको छ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६५८ रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

तपाईको प्रतिक्रिया