Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ  – यातायात व्यवस्था विभागले अब छपाइ सकिएर वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्ने भएको छ।

बिहीबार जारी गरेको सूचनामा विभागले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ पूरा भई विभागमा आएको लाइसेन्सहरूको सूची ‘हेल्लो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमार्फत प्रकाशित गरिने जनाएको छ। सूचना अनुसार, पहिले अनलाइन फारम ‘एप्रुभ’ भएपछि ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भनिने व्यवस्था थियो। तर जेनजी आन्दोलनका कारण पुरानो प्रणाली बिग्रिएपछि अब छपाइ सकिएर विभागमा पुगेका लाइसेन्सहरू मात्र फेसबुकमा सूचीमार्फत सार्वजनिक गरिनेछ।

फेसबुकमा आफ्नो नाम तथा विवरण समावेश भएमा सक्कल राजस्व रसिद र पुरानो लाइसेन्स लिएर विभागमा उपस्थित हुन विभागले आग्रह गरेको छ।

 

 

 

तपाईको प्रतिक्रिया