Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टाेकियाे – मलेसियाको सीमा नियन्त्रक एजेन्सीले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १२ किलोग्राम कोकिन तस्करी गरेको आशंकामा तीन जापानी पुरुषलाई पक्राउ गरेको बुधबार जनाएको छ ।

ती व्यक्तिहरू मंगलबार बैंककबाट विमानमार्फत मलेसिया आएका थिए । स्क्यानिङ गर्दा मेसिनले असामान्य वस्तुहरू देखाएपछि थप जाँच गरिएको एजेन्सीले बताएको छ ।

एजेन्सीका अनुसार छ वटा सुटकेस र केही ब्यागहरूको निरीक्षण गर्दा कोकिन भएको ठानिएको पदार्थ सुकुटेको माछा (एन्कोभीज) र सुख्खा च्याउ–झिँगा ले छोपेर, भ्याकुम प्याक गरेर लुकाइएको अवस्थामा फेला परेको थियाे ।

पूर्ण जाँचपछि छओटै सुटकेसमा समान तरिकाले लुकाएर १२ किलोग्राम कोकिन ल्याइएको पुष्टि भएको जनाएको छ । उक्त लागूपदार्थको बजार मूल्य करिब २४ लाख रिङ्गिट (झण्डै ५८०,००० डलर) अनुमान गरिएको छ ।

यादराख्नुहाेस, पक्राउ परेका व्यक्तिहरू विरुद्ध लागूऔषध तस्करी मुद्दा दर्ता गरिएको छ, जसमा मृत्युदण्ड वा आजिवन कैद तथा कम्तीमा १५ कोर्रा हान्ने सजाय हुन सक्छ ।

सन् २००९ मा पनि एक जापानी महिला, मारिको ताकेउचीलाई सोही विमानस्थलमा ३.५ किलोग्राम मेथाम्फेटामाइन सहित पक्राउ गरिएको थियो । उनलाई सुरुवातमा फाँसी सजाय दिइएको थियो तर २०२३ मा लागू भएको फाँसी सजायसम्बन्धी सुधारपछि उनको सजाय घटाएर ३० वर्ष कैद बनाइएको थियो ।

© KYODO

तपाईको प्रतिक्रिया