समाचार सुन्नुहोस :
काठमाडौँ – अवैध रूपमा अमेरिका पुगेका थप ३५ नेपालीलाई त्यहाँको सरकारले डिपोर्ट गरेर नेपाल पठाएको छ। फर्काइएकामध्ये एक महिला पनि रहेकी छन्। मानव बेचविखन विरुद्धको ब्युरोका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार उनीहरूलाई परिवारको जिम्मा लगाएर पठाइएको छ।
त्यसैगरी चीनियाँ गिरोहले म्यानमार पुर्याई अवैध काममा लगाएका ३७ नेपालीलाई पनि त्यहाँको सरकारले उद्धार गरेर नेपाल पठाएको खड्का बताउँछन्। थाइल्यान्ड हुँदै म्यानमार लगिएका ती नेपालीलाई साइबर स्क्यामिङ (अनलाइन ठगी) काममा प्रयोग गरिएको थियो।








