Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ –  ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई मौनतालाई कमजोरी भनेर नलिन चेतावनी दिएका छन्। मध्यरातमा ‘द काउन्सिल अफ जेन–जी’को ब्यानरमार्फत उनले सिमरामा भएको घटनाप्रति गृहमन्त्रीको कडा आलोचना गरेका हुन्।

गुरुङका अनुसार हिजो सिमरामा जेन–जीको शान्तिपूर्ण कार्यक्रममा एमाले निकट समूह प्रवेश गरी अपमान र कुटपिट गर्‍यो र यो घटना गृहमन्त्रीको कमजोरीका कारण सम्भव भयो। उनले गृहमन्त्री अर्याल आन्दोलनको बलिदान र जनताबाट पाएको म्यान्डेट बिर्सिएको आरोप लगाए। गृहमन्त्री घटनाप्रति मौन बस्नु, पीडितलाई समाउन खोज्नु र अपराधीलाई नछुनु अन्याय भएको गुरुङको आरोप छ। उनले देशका लागि बोल्ने युवामाथि कुटपिट हुँदा सरकारले आँखामुनि तेल हालेर बसेको भन्दै आक्रोश व्यक्त गरे।

गुरुङले यदि गृहमन्त्रीले भ्रष्टाचारी र अपराधीलाई कारबाही गर्न नसकेमा राजीनामा दिनुपर्ने स्पष्ट चेतावनी दिए। उनले देशप्रेमी युवालाई पक्राउ गरिएको खण्डमा ‘मलाई पनि पक्राउ गर’ भन्ने राष्ट्रिय अभियान चलाउने घोषणा गरे। उनका अनुसार अपराधी खुलेआम चुनौती दिँदा सरकार चुप रहे ठूलो जनआन्दोलन भड्किन सक्ने खतरा छ। “हाम्रो मौनतालाई कमजोरी नठान्नू, अहिले देखिएको प्रतिक्रिया केवल झल्को मात्र हो,” उनले भने। हालका दिनमा गुरुङ गृहमन्त्री अर्यालका गतिविधिप्रति लगातार आक्रामक रूपमा प्रस्तुत हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया