Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। आजको एक मात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ। दोस्रो संस्करणमा लुम्बिनीले पहिलो खेल खेल्न लागिरहेको छ भने चितवन लगातार दोस्रो जीतको लक्ष्यमा छ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन प्लेअफमा पुग्ने उद्देश्यका साथ मैदान उत्रिँदैछ। गत संस्करण लुम्बिनीका लागि सम्झनलायक बनेन। राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा खेलेको लुम्बिनीले ७ मध्ये १ खेल मात्रै जितेको थियो।

यसपटक भने लुम्बिनी सन्तुलित देखिन्छ। रोहितसहित ६ खेलाडी रिटेन गरेको लुम्बिनीले अफगानिस्तानका अलराउण्डर गुल्बादिन नइबलाई अनुबन्ध गर्दै टोलीलाई थप बलियो बनाएको छ।

चितवन राइनोजको नेतृत्व युवा अलराउण्डर कुशल मल्लले गरिरहेका छन्। गत संस्करण औसत प्रदर्शन गरे पनि चितवन एलिमिनेटरसम्म पुगेको थियो, जुन नै टोलीका लागि सफलता मानिएको छ।

दुई विदेशीसहित १० खेलाडी यसपटक पनि चितवनबाटै खेल्दैछन्। गत संस्करणका सर्वोत्कृष्ट खेलाडी इङ्ल्याण्डका ब्याटिङ अलराउण्डर सैफ अली जैबलाई अनुबन्ध गरेर चितवन अझै बलियो भएर उत्रिएको छ।

गत संस्करण लिग चरणमा यी दुईबीचको खेलमा लुम्बिनीले ३३ रनको जित निकालेको थियो। त्यो नै लुम्बिनीको एकमात्र जीत थियो। आजको खेलमा लुम्बिनी त्यही नतिजा दोहोर्याउने लक्ष्यमा छ भने कर्णालीलाई हराउँदै आत्मविश्वास बढाएको चितवन मजबुत प्रदर्शन गर्न चाहन्छ।

तपाईको प्रतिक्रिया