Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले उत्कृष्ट बलिङ र ब्याटिङको प्रदर्शन गर्दै काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको सुरुआत जितसँग गरेको छ। पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर राम्रो लयमा रहेको काठमान्डुलाई यसपटक साविक उपविजेता सुदूरपश्चिमले २९ रनले हरायो। खेलमा हर्मित सिंहले बलिङ र ब्याटिङ दुवैमा महत्वपूर्ण भूमिका खेले।

काठमान्डुले १४७ रनको लक्ष्य पछ्याउँदै गर्दा १६.५ ओभरमै सबै विकेट गुमाएर ११८ रनमा समेटियो। काठमान्डुको पक्षमा ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए। जोन सिम्पसनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे। बाँकी खेलाडी दोहोरो अंकसम्म पुग्न सकेनन्।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए। इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले एक–एक विकेट हात पारे। यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो। सुरुवाट कमजोर हुँदै ४ रनमै ३ विकेट गुमाए पनि मध्यान्तरतिर टीमले राम्रो पुनरागमन गर्‍यो। १६औँ ओभरमा २१ रन र १७औँ ओभरमा २४ रन जोड्दै टीमको स्कोर उकासियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले। हर्मितले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रन प्रहार गरे। बलिङतर्फ काठमान्डुका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २–२ विकेट हासिल गरे।

 

तपाईको प्रतिक्रिया