Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ।

निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाई सरकारको कामकारबाही तथा प्राथमिकताबारे जानकारी दिन यो छलफल आयोजना गरिएको हो। निर्वाचनको वातावरण तयार पार्न प्रधानमन्त्री कार्की यसअघि पनि विभिन्न दलका प्रतिनिधिसँग कुराकानी गरिसकेकी छन्।

तर, शीर्ष नेताहरूसँग भने उनले अहिलेसम्म प्रत्यक्ष छलफल गरेकी छैनन्।

 

तपाईको प्रतिक्रिया