Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो – जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोकी एक्ली छोरी राजकुमारी ऐकोले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण लाओसबाट सुरु गरेकी छिन् । यो भ्रमण जापान र लाओसबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा भएको हो ।

राजकुमारी ऐको सोमबार लाओसको राजधानी भियनतियान पुगेकी थिइन् । उनलाई स्वागत गर्न होटलमा परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । उनले लाओसमा बसोबास गर्ने जापानी नागरिकहरूसँग भेटघाट गरी शुभकामना आदानप्रदान गरिन् ।

भ्रमणको तयारी स्वरूप, राजकुमारीले लाओसको इतिहासबारे विश्वविद्यालयका प्राध्यापकबाट विशेष व्याख्यान लिएकी थिइन् । यस व्याख्यानमा सम्राट दम्पती पनि उपस्थित थिए । प्राध्यापकका अनुसार राजकुमारी ऐकोले निकै ध्यानपूर्वक कुरा सुनेकी थिइन् ।

टोकियो युनिभर्सिटी अफ फरेन स्टडीजका ग्रेजुएट स्कूलका प्राध्यापक किकुची योकोले भनिन्, ‘सम्राटले आफू पहिले लाओस गएको बताउनुभएको थियो । मलाई लाग्छ उहाँले राजकुमारीलाई लाओसबारे धेरै कुरा भन्नुभएको छ ।’

राजकुमारी ऐकोले दक्षिणपूर्वी एसियाली राष्ट्र लाओसमा छ दिन बिताउनेछिन् । यो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण कडी मानिएको छ ।

तपाईको प्रतिक्रिया