समाचार सुन्नुहोस :
काठमाडौँ – दुर्गा प्रसाईंलाई सोमबार मध्यरातमा भक्तपुरस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको छ। उनका एक नजिकका सहयोगीका अनुसार उनी सुतिरहेको समयमा प्रहरी टोली घरमै पुगेको थियो।
प्रहरीले उनलाई प्रक्रिया पूरा गरेर घरभित्रैबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको एक प्रहरी अधिकारीले जानकारी दिएका छन्। गिरफ्तारीका क्रममा घरको परिसरबाट उनलाई निकाल्दै गरेको भिडियो पनि सार्वजनिक भएको छ।
भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको दृश्य खिच्न कसैलाई भनेको सुन्न सकिन्छ। मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका प्रसाईंले हिंसा भड्काउन सक्ने आशङ्कासहित पक्राउ परेका हुन्।








